आफ्नै नागरिकता किर्ते गरी चलाउने युवक प’क्राउ

admin

पर्सा, ५ चैत्र : आफ्नै नागरिकता दुई वटा बनाएर किर्ते गरेको अभियोगमा पर्सामा एक युवक प’क्राउ परेका छन्। दुईवटा नागरिकता प्रयोग गर्दै छ भन्ने अयोगमा उनी प’क्राउ परेका प्र’हरीले जनाएको छ।

प’क्राउ परेका युवक पर्सागढी नगरपालिका–३ बस्ने वर्ष २० को सुजित थापा मगर रहेका पर्साका प्र’हरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए। खुमबहादुर थापाका छोरा सन्त बहादुर थापाको नाउँको उनको नागरिकता जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७५ पुस ४ गते जारी भएको फेला परेको छ। सो नागरिकताको प्र.पत्र नं. ३४–०१–७५–१४२७४ रहेको उनको भनाइ छ।

अर्को नागरिकता पनि प्रथम प्रतिलिपि थान १ को पनि फेला परेको तर प्रतिलिपीमा आफ्नो अलग फोटो टाँसी किर्ते कार्य गरेको फेला परेको पर्सा प्र’हरीले जनाएको छ।

पर्साको पर्सागढी नगरपालिका नै हिँड्दै गरेको अवस्थामा खोजतलास गर्दै गएको प्र’हरीले फेला पारी नियन्त्रणमा लिएर लिखतसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान थालिएको प्र’हरी नायव उपरिक्षक खनालले बताए।

प्रतिक्रिया