मायाजालको बहानामा ब्ल्याकमेलिङ गर्ने महिला गिरोह प’क्राउ

admin

कामठाडौं : मायाजालको बहानामा लाखौं रकम असुल्दै हिँड्ने गिरोहको दुई महिलालाई प्र’हरीले प’क्राउ गरेको छ। पुरुषलाई होटलमा बोलाएर गोप्य रूपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने दुई महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले प’क्राउ गरेको हो।

ब्ल्याकमेलिङ गरी पैसा असुलेको आरोपमा महाशाखाको टोलीले सुर्खेत घर भई घट्टेकुलो बस्ने लालसरी शाही र सुर्खेतकै कल्पना हमाललाई पक्राउ गरेको हो। महाशाखाका अनुसार शाहीले कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेस्ट हाउसमा भेट्न बोलाएर कोठामा सँगै बसेको भिडियो गोप्य रूपमा खिचेको अनुसन्धानबाट खुलेको छ।

उक्त भिडियो पीडितको म्यासेन्जरमार्फत पठाएर ब्ल्याकमेलिङ गरी तीन लाख दुई हजार पाँच सय लगि सकेको महाशाखाले जनाएको छ। शाहीले थप आठ लाख मागेपछि पीडितले आफू ठगिएको चालपाएर प्रहरीमा उजुरी दिएका थिए। महाशाखाका अनुसार शाही र कोटेश्वर बस्ने ५२ वर्षीय पुरूषबीच संस्थागत कामको सिलसिलामा एक वर्षअघि चिनजान भएको थियो।

महाशाखाको विज्ञप्ति अनुसार उनले ती पुरुषलाई आफू सुन्धारास्थित होटलमा बसेको समयमा सबै पैसा हराएका कारण सहयोग गरिदिन बोलाएकी थिइन्। कोठामा जानासाथ उनले पुरूषको हात समाउने लगायतको काम गरेको समयमा उनकी साथीले भिडियो खिचेको त्यसपछि भनेजति पैसा नदिए घरपरिवार साथै प्र’हरीमा समेत उजुरी गरी फसाई दिने भन्दै रकम माग्नथालेकी थिइन्।

प्र’हरीका अनुसार लालसरी यसअघि राजु धिताललाई अप’हरण गरी ह’त्या गरेको अभियोगमा बाँकेमा सात वर्ष जेल पेरकी थिइन्। धिताललाई २०६६ मंसिरमा अपहरण गरी ह’त्यारगरेको घट’नामा उनलाई बाँके जिल्ला अदालतबाट १४ वर्ष जेल सजाय तोकिएको थियो। त्यसपछि उच्च अदालतको फैसलापछि एक लाख धरौटीमा छुटेकी थिइन्।

यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका लेखापाल खेमराज शर्मालाई होटलमा भेट्न बोलाई फसाउन खोजेको आरोपमा दुवै जनाले सुर्खेत जिल्ला अदालतबाट साढे तीन वर्ष जेल सजाय भोगेको अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया