आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ६ चैत : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार तोलामा तीन सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार भने पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी शुक्रबार १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया