महिलासँग होटलमा भेटिएका वडाध्यक्ष छुटे

admin

बैतडी : महिलासँग शंकास्पद रुपमा भेटिएका दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष भरत महरा प्र’हरी नियन्त्रणबाट छुटेका छन्। वडाअध्यक्ष महरा र एक स्थानीय महिला गएराति ३ बजेतिर खोचलेक बजारको एक होटेलमा फेला परेका थिए। वडाध्यक्षलाई उनकै श्रीमतीले होटेलको कोठामा महिलासँग रहेको र नियन्त्रणमा लिन प्र’हरीलाई आग्रह गरेकी थिइन्। त्यसपश्चात प्र’हरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

उनीहरुले प्र’हरी केस नगर्ने भनेपछि छुटेका बैतडीका प्र’हरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘तीनवटै पक्षसँग जिल्ला प्रहरी कार्यालयमै छलफल गर्‍याैं,’ उनले भने, ‘वडाध्यक्ष, उहाँकी श्रीमती, छोरा र सँगै भेटिएकी महिलाले सहमति गरेर प्रहरी केस गर्दैनौं भने, त्यसपछि हामीले छाड्यौं,’ उनले भने।

पार्टीको काम र विद्यालयको विषयमा छलफल गर्न सँगै बसेको वडाअध्यक्ष र महिलाले प्रहरीसमक्ष बताएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। महरा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया