विद्यार्थी कुट्ने प्रहरी हिरासतमा

admin

नवलपरासी, चैत ६ : विद्यार्थी कुटेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन बहुमुखी क्याम्पस बेलाटारीका सञ्चालक समितिका अध्यक्ष नितेश गुप्तालाई प्र’हरीले हिरासतमा लिएको छ ।

विज्ञापनलगायतका अन्य प्रकृया नपुर्‍याई क्याम्पसमा सहलेखापाल नियुक्ति गरेको भन्दै विद्यार्थीले बिरोध गर्दै आएका थिए ।

सोही विषयमा बिहीबार क्याम्पस प्रशासनमा बुझन् गएका विद्यार्थी सोभित हलुवाई र कमल ढकाललाई अध्यक्ष गुप्ताले कुटपिट गरेको विद्यार्थीहरुले बताएका छन् । कुटपिटमा संलग्नलाई कारबाहीको मागगर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि प्रहरीले अध्यक्ष गुप्तालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।

कुटिपिट गर्ने अध्यक्ष प्रहरी हिरासतमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए ।

प्रतिक्रिया