भारतमा कोरोना संक्रमण फेरि बढ्यो, सार्वजनिक स्थलमा भेला हुन रोक

admin

एजेन्सी : कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाइ गरिएको छ । महाराष्ट्र सरकारले थिएटर तथा फिल्म हलमा ५० प्रतिशत मानिस मात्र सहभागी हुन पाउने बताएको छ । सार्वजनिक स्थानमा सबैलाई मास्क अनिवार्य गरिएको छ ।

साथै बगैंचामा पनि तापक्रम मापन नगरी जान नपाउने व्यवस्था गरिएको छ । अहिले ल्याइएको नयाँ नियम ३१ मार्चसम्म लागू हुनेछ । महाराष्ट्रको सरकारले सार्वजनिक क्षेत्रमा भेला हुन पनि रोक लगाएको छ । स्वास्थ्य तथा अत्यावश्यक सेवा बाहेक सबै निजी कार्यालयमा मार्च ३१ सम्म कर्मचारीको संख्या पनि आधा घटाइने जनाइएको छ ।

सिनेमा हल, होटल र कार्यालयमा पनि मानिसहरुले मास्क लगाउने र भौतिक दुरीको नियम अनिवार्य रुपमा पालना गर्नुपर्ने महाराष्ट्रको सरकारले बताएको छ ।यो प्रतिबन्ध सपिङ मलमा पनि लागू हुनेछ ।

भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा करिब ४० हजार नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये करिब २६ हजार संक्रमित महाराष्ट्रमा फेला परेका थिए ।

प्रतिक्रिया