आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ८ चैत्र : हप्ताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । (अस्ति) शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला मुल्य ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी आइतबार चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आइतबार १२ सय ८० रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया