एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी (नामावलिसहित)

admin

काठमाडौं, ८ चैत : नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो । चैत ६ मा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको छ । अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ ।

नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ । यो समूहले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ । ओली समूहले जस्तै यो समूहले पनि जम्बो पदाधिकारी बनाएको छ ।

प्रतिक्रिया