होटललाई लकडाउन अवधिको विद्युत महशुल शतप्रतिशत छुट

admin

काठमाडौं, ८ चैत्र : कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत छुट पाएका छन्। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्युत महशुल छुट दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले होटल उद्योगको रुपमा सञ्‍चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई शुल्क छुट दिने निर्णय भएको बताए।

उनका अनुसार सरकारको यो निर्णयले बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म होटल उद्योगले भुक्त्तानी गर्नुपर्ने विद्युत शुल्क शतप्रतिशत मिनाह गरिएको छ। त्यसैगरी असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए।

प्रतिक्रिया