गोप्य भिडियो बनाएर रकम अशुल्ने महिला गिरोह प’क्राउ

admin

काठमाडौं, ८ चैत्र : होटलमा भेट्न बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने महिला गिरोका दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ। सँगै बसेको गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै रकम अशुल्ने दुई महिलासहित तीन जनालाई महानगरीय अप’राध महाशाखाको टोलीले प’क्राउ गरेको हो।

प’क्राउ पर्नेहरूमा जाजरकोट भेरी नगरपालिका–६ घर भई काठमाडौं गोंगबु बस्ने २८ वर्षीय संगिता शाह, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–१२ घर भई गोंगबु बस्ने २१ वर्षीय सुस्मिता गिरी र नुवाकोट ताडी नगरपालिका–३ घर भई स्वयम्भु बस्ने २१ वर्षीय शंकर खनाल छन्।

महाशाखाका अनुसार शाह र गिरीले पुरुषलाई होटलमा भेट्न बोलाएर सँगै बसेको भिडियो गोप्य रूपमा खिचेर ब्ल्याकमेलिङ गरेको खुलेको छ। खनाललाई भने ति महिलाले उनको नाममा पाँच लाखको चेक काट्न लगाएको अभियोगमा प’क्राउ गरिएको हो।

महाखाकाअनुसार ति महिलाले कपन र इमाडोल बस्ने दुईजना पुरूषलाई चावहिलस्थित गेष्ट हाउसमा भेट्न बोलाएर। कोठामा सँगै बसेको भिडियो गोप्यरूपमा खिचेर ब्ल्याकमेलिङ गरेको उजुरी परेको छ।

उक्त भिडियो म्यासेन्जरमा पठाएर ति पुरुषलाई ब्ल्याकमेलिङ गर्दै पटक–पटक गरी आठ लाख रकम अशुलेको खुलेको महाशाखाले जनाएको छ। ति महिलाले रकम माग गर्ने, रकम पाउन छोडे भिडियो भाइरल गराई बदनाम गराउने तथा ज’र्वजस्ती करणीको मुद्दा लगाउने सम्मको डर त्रा’स देखाउने गरेको महाशाखाले जनाएको छ।

प’क्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि महानगरीय प्र’हरी परिसर पठाइएको महाशाखाले जनाएको छ। महाशाखाले यसअघि पनि दुई महिलालाई सोही प्रकृतिको अभियोगमा पक्राउ गरेको थियो। ​

प्रतिक्रिया