आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ९ चैत : सुनको मूल्य सोमबार दुई सय रुपैयाँले घटेको छ । सोमबार तोलामा सुनको मूल्य ८७ हजार रुपैयाँ तोकिएको छ । आइतबार ८७ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य पनि घटेर प्रति तोला ८६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी भने सोमबार तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया