थप १५० जनामा संक्रमण पुष्टि, ३ जनाको ज्यान गयो

admin

काठमाडौं, ९ चैत : सोमबार थप एक सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४४ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएकासहित नेपालमा अहिलेसम्म दुई लाख ७६ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा ९९ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ ।

अहिले नेपालमा एक हजार १७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै थप तीन जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार १९ पुगेको छ ।

प्रतिक्रिया