नक्कली नोट र छाप्ने मेसिनसहित चारजना प’क्राउ

admin

चितवन, ९ चैत : जिल्ला प्र’हरी कार्यालय चितवनले एक हजार रुपैयाँका ७८ थान नक्कली नोटसहित चार जनालाई प’क्राउ गरेको छ । उनीहरूलाई नक्कली नोट छाप्न प्रयोग गरेको मेसिनसहित प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय चितवनका प्रमुख प्र’हरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प’क्राउ पर्नेमा काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र १९ वर्षीय पवन राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ का २८ वर्षीय विश्वराम राई र २४ वर्षीय राजाराम दनुवार रहेका छन् । देवेन्द्र र पवन नाताले दाजुभाई हुन् ।

चितवनको भरतपुर महानगरपालिका– १ बसपार्क क्षेत्रका पसलहरुमा नक्कली नोट दिई सामान खरिद गरेको भन्ने सूचनाका आधारमा प्र’हरीले निगरानी बढाएको थियो । चैत ६ गते राति देवेन्द्र र पवनलाई प्र’हरीले एक हजार दरका ७८ थान नक्कली नोटसहित प’क्राउ गरेको थियो । त्यसपछिको अनुसन्धानमा विश्वराम र राजाराम पनि संलग्न रहेको खुलेको हो ।

मोबाइल पसल चलाउँदै आएका उनीहरुबाट चैत ७ गते नक्कली नोट छाप्न प्रयोग गरिने ल्यापटप, कार्डरिडर, फोटोकपि मेशिन, प्रिन्टर, हार्डडिक्सलगायतका सामाग्री पसलबाटै बरामद गरिएको थियो ।

प्रतिक्रिया