माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्दै

admin

काठमाडौं, ९ चैत : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटी बैठक मङ्गलवार (भोलि) बस्ने भएको छ । मङ्गलवार बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र सत्ता साझेदारीको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने एक सदस्यले बताएका छन् ।

स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आउँदाे कार्ययाेजना लगायतबारे पनि छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया