काठमाडौं, ९ चैत : सरकारले छिमेकी मुलुक भारतको सीमा नाकाबाट नेपाल प्रवेश गर्नेलाई क्वारेन्टिनमा राख्ने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. कृष्ण पौडेलले भारतबाट नेपाल आएका र कोरोना संक्रमणको शंका लागेका व्यक्तिलाई क्वारेन्टिनमा राखिने बताएका हुन् ।
सोमबारमात्रै विभिन्न नाका भएर ३३ सय जना नेपाल प्रवेश गरेका छन् । उनले भने, ‘ सोमबार मात्रै भारतीय १४ सीमा नाकाबाट ३३ सय मानिस नेपाल भित्रिए ।
संक्रमणको शंका लागे क्वारेन्टिनमा राख्छौँ ।’ उनका अनुसार अन्य ५१ शंकास्पद सक्रिय संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ ।