आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १० चैत : मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया