आज नेप्से साढे १४ अङ्कले बढ्यो

admin

काठमाडौं, १० चैत : शेयर बजार परिसूचक नेप्से मंगलबार साढे १४ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ५७ अङ्कले बढेर २५ सय २८ दशमलव ९५ विन्दुमा पुगेको हो । मंगलबार व्यापार समूहको शेयर तीन सय ४६ अङ्कले, होटल तथा पर्यटन समूहको एक सय ५५ अङ्कले, जलविद्युत् समूहको शेयर एक सय २९ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ७६ र माइक्रो फाइनान्स समूहको शेयर ६९ अङ्कले बढेको छ ।

बैंक, विकास बैंक, फाइनान्स, होटल, उत्पादन, जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । दुई सय आठ कम्पनीका एक करोड दुई लाख कित्ता शेयर पाँच अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको ५२ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

मंगलबार साल्ट ट्रेडिङ र चन्द्रागिरि हिल्ससहित आठ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । चन्द्रागिरि हिल्सको शेयर प्रतिकित्ता १७ सय १९ रुपैयाँ पुगेको छ । समग्र बजार बढे पनि पञ्चकन्यामाई जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया