थप १८८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १० चैत : मंगलबार एक सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७६ हजार दुई सय ४४ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ७७ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ ।

अहिले नेपालमा ११ सय २८ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म तीन हजार १९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया