आज नेप्से ४१ अङ्कले बढ्यो

admin

काठमाडौं, ११ चैत : शेयर बजार परिसूचक नेप्से बुधबार ४१ अङ्कले बढेको छ । जलविद्युतबाहेक सबै समूहको शेयर बढेपछि नेप्से ४१ दशमलव तीन अङ्कले बढेर २५ सय ७० दशमलव २५ विन्दुमा पुगेको छ । बुधबार बैंकिङ समूहको शेयर साढे २२ अङ्कले बढेको छ ।

यस्तै व्यापार समूहको तीन सय ८१ अङ्कले, होटल तथा पर्यटनको एक सय ७८, विकास बैंकको २१, फाइनान्सको २२, माइक्रो फाइनान्सको एक सय २२, जीवन बीमाको एक सय ४१, निर्जीवन बीमाको दुई सय २१, उत्पादनको ५१, अन्यको २० र लगानी समूहको शेयर झण्डै पाँच अङ्कले बढेको छ ।

बुधबार दुई सय आठ कम्पनीका एक करोड ६९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी, रैराङ र सान्जेन जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया