भोलिका लागि प्रधानमन्त्री ओलीद्वारा एमाले संसदीय दलको बैठक आह्वान

admin

काठमाडौं, १२ चैत : नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन बजेका लागि एमालेको संसदीय दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यस्तै माधवकुमार नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले भने संसदीय दलको बैठक बस्ने विषयमा आफूहरूलाई जानकारी नभएको बताएकी छिन् । यसअघि बालुवाटारमा बसेको संसदीय दलको बैठक माधवकुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।

प्रतिक्रिया