थप १२० जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १२ चैत : बिहीबार थप एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा संक्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७६ हजार पाँच सय नौ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८५ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार दुई सय ७२ पुगेको छ । अहिले नेपालमा १२ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट तीन हजार २० जनाको ज्यान गएको छ ।

प्रतिक्रिया