आज शेयर बजार २१ अङ्कले घट्यो

admin

काठमाडौं, १२ चैत : बिहीबार शेयर बजार २१ अङ्कले घटेको छ । व्यापार र होटलबाहेक अन्य समूहको शेयर घटेपछि नेप्से २१ दशमलव २९ अङ्कले घटेर २५ सय ४८ दशमलव ९६ विन्दुमा झरेको छ ।

बिहीबार बैंकिङ र विकास बैंक समूहको शेयर २९ अङ्कले, जलविद्युतको ४४ अङ्कले, फाइनान्सको झण्डै तीन अङ्कले, माइक्रो फाइनान्सको ४७ अङ्कले, उत्पादनको ४९ अङ्कले, अन्यको ३७, जीवन बीमा समूहको एक सय ६९ र निर्जीवन बीमा समूहको शेयर ५४ अङ्कले घटेको छ ।

बिहीबार दुई सय आठ कम्पनीका एक करोड २५ लाख कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ९१ करोड रुपैयाँको शेयर कारोबार भयो ।

बिहीबार नेपाल बङ्गलादेश बैंकको शेयर सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीले १० प्रतिशत कमाएका छन् । चन्द्रागिरिको शेयर मूल्य प्रतिकित्ता दुई हजार ७९ पुगेको छ ।

प्रतिक्रिया