लाङटाङ राष्ट्रिय निकुञ्जमा आगलागी

admin

रसुवा, १२ चैत : लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । सदरमुकाम धुन्चेभन्दा तल रहेको जंगलमा बिहीबार बिहान आगलागी भएको हो । भिरालो वनमा आगो लागेकाले नियन्त्रण गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले बताए ।

स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको उनको भनाइ छ । बिहान जंगलमा आगो लागेको देखेपछि हाकु प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो ।

खबर पाउनेबित्तिकै निकुञ्जका टोली, सुरक्षाकर्मी र स्थानीयवासी आगो लागेको क्षेत्रमा गएका थिए । मानव बस्तीभन्दा केही तल आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट अहिलेसम्म मानवीय तथा पशुचौपायाको क्षति भएको छैन ।

प्रतिक्रिया