माधव नेपालले बुझाए १३ बुँदे जवाफ (पत्रसहित)

admin

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई १३ बुँदे जवाफ बुझाएका छन्। ओलीले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ नेता नेपालले​ बिहीबार दिएका हन्। नेपालले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको भन्दै उनीमाथि नै कारवाही गर्नुपर्ने जिकिर जवाफमा गरेका छन्।

‘तपाईले गर्नुभएका गतिविधिहरू नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको अध्याय ७ का विभिन्न धारामा स्थापित मान्यताका विपरीत हुनुका साथै धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ आकर्षित हुने भई कारवाही गरिनुपर्ने प्रकृतिको देखिन्छ’ नेता नेपालले जवाफमा भनेका छन्।

उनले अगाडि भनेका छन्,‘दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणको आरम्भदेखि सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलासम्म आइपुग्दा तपाईले पार्टी विधान, निर्णय र अनुशासन उल्लंघन गरेका धेरै परिघटना र विषय छन्।’
यस्तो छ पत्र

Madhav Nepal

प्रतिक्रिया