काेराेना सङ्क्रमणबाट जाेगिन सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयकाे ८ बुँदे सुझाव

admin

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेना सङ्क्रमणबाट जाेगिन काेभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) लाई आठ बुँदे सुझाव दिएकाे छ । बिहीवार विज्ञप्ति निकाल्दै मन्त्रालयले भारत, युरोपेली युनियनलगायतका देशमा कोरोनाको सङ्क्रमण दर बढेको र नेपालमा पनि यसको प्रभाव पर्न सक्ने भन्दै सीसीएमसी निर्देशक समितिलाई सुझाव सिफारिस गरेको हाे ।

मन्त्रालयले सीसीएमसीलाई तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउन र केन्द्रबाट अनुगमन गर्न सुझाव दिएको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य आवागमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन मन्त्रालयले आग्रह गरेको छ ।

कोरोनाकाे सङ्क्रमण बढ्ने सम्भावना भएकाले स्वास्थ्य मन्त्रालयले पूर्वतयारी योजना बनाउने, सङ्क्रमणदर उच्च हुन पुगेमा खुला रहेका सीमा नाकाको सङ्ख्या घटाउनेतिर गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्न, सङ्क्रमणबाट जोगिन सचेतना कार्यक्रम अघि बढाउन, पर्यटन क्षेत्र र रात्रिकालीन कार्यक्रम बन्द गर्न/गराउन र यसको अनुगमन संस्कृति, पर्यटन मन्त्रालयले व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्क्रमणबाट बच्न सचेतना र सूचना प्रवाह गर्न पालिकालाई परिचालन गर्न लगायत मन्त्रालयले सीसीएमसीलाई सुझाव दिएको छ ।

प्रतिक्रिया