मुम्बईको निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गयो

admin

काठमाडौं, १३ चैत : भारतको मुम्बईमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको सनराइज अस्पतालमा आगलागी भएको हो । आगो निभाउन २५ भन्दा धेरै दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । अस्पतालमा रहेका कोरोना संक्रमित ७० जना भन्दा धेरै बिरामीलाई अर्कै अस्पतालमा सारिएको त्यहाँका मेयरलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

प्रतिक्रिया