प्रदेश १ मा मन्त्री मण्डल विस्तार : नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

admin

मोरङ, १३ चैत : प्रदेश १ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । नयाँ मन्त्री बनेकाहरूलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी र मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराएका छन् ।

नयाँ मन्त्रिमण्डलअनुसार माओवादीबाट एमाले प्रवेश गरेका प्रदेश सभा सदस्य टङ्क आङबोहाङ आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको छ भने उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ ।

अहिले राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री बनेका छन् । यस्तै कृषि मन्त्रीमा राम रानालाई नियुक्त गरिएको छ भने कृषि राज्यमन्त्री कला घले बनेकी छिन् । प्रदेश १ को वन राज्यमन्त्रीमा राजकुमार ओझालाई नियुक्त गरिएको छ ।  

प्रतिक्रिया