संसदीय दलको बैठकमा सहभागी हुने नेपाल-खनाल समूह

admin

काठमाडौं, १३ चैत : नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल-खनाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ । बिहीबार पार्टी अध्यक्ष ओलीले संसदीय दलको बैठक आह्वान गरेका हुन् । संसदीय दलको बैठक बस्नुअघि बसेको खनाल-नेपाल समूहको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको हो । यस्तै खनाल-नेपाल समूहको बैठकले पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक माग गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया