थप १५६ जनामा संक्रमण पुष्टि, चार जनाको ज्यान गयो

admin

काठमाडौं, १३ चैत : शुक्रबार कोरोना संक्रमणका कारण चार जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७६ हजार ६ सय ६५ पुगेको छ ।

बितेको २४ घण्टामा ७० जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १२ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया