कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

admin

काठमाडौं, १४ चैत : नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

शर्माका अनुसार बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको नि’धनमा शोक प्रस्ताव पारित गरिनेछ। जोशीको उपचारका क्रममा शुक्रबार राति नि’धन भएको हो। मस्तिष्कघात भएर गत फागुन १४ देखि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको निधन भएको हो।

केन्द्रीय कार्यसमितिको बैठकबाट शोक प्रस्ताव पारित गरेपछि जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए। श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई दिउँसो १२ बजेदेखि २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिनेछ।

प्रतिक्रिया