काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण कायमै

admin

काठमाडौं, १५ चैत : काठमाण्डौसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि कायमै छ । नेपाल वायु प्रदूषणमा हानिकारक अवस्थाबाट तल झर्न अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ ।

हिजो र अस्ति विश्वकै सबैभन्दा धेरैे प्रदूषण भएको नेपाल अहिले तेस्रो स्थानमा झरेको छ । तर मौसम पहिलेकै अवस्थामा फर्कन अझै केही दिन लाग्ने विभागले जनाएको छ । भोलिसम्म प्रदूषणको अवस्था हिजोको जस्तै अवस्थामा रहने र पर्सिदेखि भने केही सुधारको सम्भावना रहेको विज्ञहरुले बताएका छन् ।

अहिले नेपालमा सबैभन्दा धेरै प्रदूषण सौराहामा देखिएको छ । सौराहाको अहिलेको एक्यूआई ३६० मापन गरिएको छ । २ सयभन्दा धेरैलाई हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारकको रुपमा लिने गरिन्छ ।

यस्तै आज दिउँसोपछि पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

यस्तै आज राति पनि प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ ।

प्रतिक्रिया