नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश

admin

काठमाडौं, १५ चैत : जेठमा नेपाल सरकारले जारी गरेको नयाँ नक्सा गुगल म्यापमा समावेश भएको छ । गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपछि अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने बताइएको छ ।

उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो । यसअघि उक्त क्षेत्र भारतले अतिक्रमण गरेको थियो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ ।

भारतले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन । नेपालले पनि भारचसँगको सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।

सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया