उपत्यकामा ६५ सहित ८९ जना संक्रमित थपिए

admin

काठमाडौं, चैत १५ : नेपालमा पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९ जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६५ जना संक्रमित थपिएका छन् । काठमाडौंका ५२, ललितपुरका ७ र भक्तपुरका ६ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ । हाल १ हजार २८२ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार १०१ पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ ।

प्रतिक्रिया