फुटबल खेल हेर्न प्रधानमन्त्री ओली रङ्गशाला जाने

admin

काठमाडौं, १६ चैत : प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जाने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन् ।

सवा पाँच बजे रङ्गशाला पुग्ने प्रधानमन्त्रीले पूरै समय खेल हेर्ने पनि बजगाईँले जानकारी दिए । प्रधानमन्त्री उपस्थित भए पनि रङ्गशाला वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रङ्गशाला प्रवेश गर्ने दर्शकको जाँचमा पनि कडाइ हुने सुरक्षा स्रोतले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल साढे पाँच बजे सुरु हुँदैछ । त्रिदेशीय फुटबल कपको उपाधिका लागि नेपाल र बङ्गलादेश खेल्न लागेका हुन् ।

प्रतिक्रिया