थप १४१ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १६ चैत : सोमबार थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार १ सय २२ जनामा गरिएको पिसिआर परिक्षणका क्रममा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ५०, ललितपुरमा ७ र भक्तपुरमा थप १ जना संक्रमण थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै थप ८२ संक्रमण कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७२ हजार ६१२ जना संक्रमण कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म तीन हजार २७ संक्रमित निको भएका छन् । नेपाल हाल १३ सय ४१ जना आइशोलेशन र ५६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ६४ हजार २६८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया