आज नेप्से झण्डै ६ अङ्कले घट्यो

admin

काठमाडौं, १६ चैत : शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ६ अङ्कले घटेको छ । फाइनान्स, माइक्रो फाइनान्स र जलविद्युत बाहेक सबै समूहको शेयर घटेपछि नेप्से पाँच दशमलव ४५ अङ्कले घटेर २५ सय ४३ दशमलव ५२ विन्दुमा झरेको छ ।

सोमबार बैंकिङ समूहको शेयर झण्डै सात अङ्कले, व्यापार समूहको शेयर दुई सय १२ अङ्कले, होटल तथा पर्यटनको एक सय ४४ अङ्कले, जीवन बीमा समूहका शेयर ३० अङ्कले, निर्जीवन बीमा समूहको शेयर २१ अङ्कले, उत्पादनको २० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।

सोमबार दुई सय नौ कम्पनीका ९१ लाख ३८ हजार कित्ता शेयर चार अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएका छन् । निफ्राको ४४ करोड, माथिल्लो तामाकोशीको ३८ करोड र चन्द्रागिरि हिल्स लिमिटेडको ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

चन्द्रागिरि हिल्सको शेयर सोमबार घटेको छ । चन्द्रागिरिको शेयर सोमबार सबैभन्दा धेरै सात प्रतिशतले घटेर प्रतिकित्ता १९ सय ३० रुपैयाँमा झरेको छ । समग्र बजार घटे पनि उन्नति सहकार्य र महिला लघुवित्त तथा अजोड इन्स्योरेन्सको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया