वामपन्थी नेता मानन्धरको निधन

admin

काठमाडौं, १६ चैत : नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता विष्णु बहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे नि’धन भएको छ। केही दिनअघि अस्वस्थ्य भई उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो।

नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका नेताका रुपमा छवि बनाएका थिए। २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिमा प्रवेश गरेका थिए।


मानन्धरका एक छोरा र तीन छोरी छन्। उनको दाहसंस्कार मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा गरिने उनका छोरा सुनिलले बताए।

प्रतिक्रिया