आज सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १७ चैत : मंगलबार सुनको मूल्य ८६ हजार रुपैयाँमा झरेको छ । यो मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले सस्तो हो । सोमबार सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी मंगलबार तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया