सेनाविरुद्ध सडकमा फोहोर फालेर प्रदर्शन, म्यानमारमा अहिलेसम्म ५ सय जनाको ज्यान गयो

admin

एजेन्सी, १७ चैत : म्यानमारमा सेनाको ज्यादतीविरुद्ध प्रदर्शनकारीले सडकमा फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् । सडकमा फोहोर फालेर भइरहेको प्रदर्शनका फोटोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

अवज्ञा आन्दोलनअन्तर्गत प्रदर्शनकारीले आजदेखि सडकमा फोहोर फालेर विरोध जनाउन थालेका बीबीसीले जनाएको छ । म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि विरोध प्रदर्शन भइरहेको छ ।

विरोध प्रदर्शन रोक्न त्यहाँका सुरक्षाकर्मीले बल प्रयोग गर्ने गरेका छन् । अहिलेसम्म प्रदर्शनका क्रममा ५ सय जनाको ज्यान गइसकेको खबरमा उल्लेख छ । सोमबार मात्रै १४ जनाको ज्यान गएको थियो । म्यानमार सेनाले नागरिकमाथि गरिरहेको दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया