आज नेप्से ३२ अङ्कले बढ्यो

admin

काठमाडौं, १७ चैत : शेयर बजार परिसूचक नेप्से मंगलबार ३२ अङ्कले बढेको छ । व्यापार र उत्पादनबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से ३२ दशमलव १५ अङ्कले बढेर २५ सय ७५ दशमलव ६६ विन्दुमा पुगेको छ ।

मंगलबार बैंकिङ समूहको शेयर साढे आठ अङ्कले, विकास बैंकको सात, होटल तथा पर्यटन समूहको शेयर एक सय १२ अङ्कले, जलविद्युतको ९६ अङ्कले, फाइनान्सको दुई, माइक्रो फाइनान्सको एक सय ४९, जीवन बीमाको एक सय ८६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर तीन सय ९८ अङ्कले र अन्य समूहको शेयर १० अङ्कले बढेको छ ।

मंगलबार दुई सय नौ कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ६ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४८ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ । मंगलबार ६ कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैका दरले बढेको छ । समग्र बजार बढे पनि युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया