थप १६७ जनामा संक्रमण पुष्टि, ३ जनाको ज्यान गयो

admin

काठमाडौं, १७ चैत्र : मंगलबार थप एक सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक सय १५ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार दुई सय २७ पुगेको छ ।

अहिले नेपालमा १३ सय ९० जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार तीस पुगेको छ ।

प्रतिक्रिया