थ्री नेसन्स कप विजेता खेलाडीले जनही १ लाख पाउने

admin

काठमाडौं, १७ चैत्र : अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका सदस्यलाई जनही १/१ लाख पुरस्कार दिने जनाएको छ ।

एन्फाले उपाधिको रकम बाहेक खेलाडीलाई जनही थप १ लाख दिने जनाएको छ । दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई ‘बी’ ले एक एक गोल गरेका । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काएका थिए । थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो ।

यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

प्रतिक्रिया