घाँस काट्न जाँदा बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा भेटिए

admin

महोत्तरी, १८ चैत : महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिएका छन् । बेपत्ता भएकाहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताए ।

उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा फेला परेका हुन् । घाँस काट्न गएका भंगहा-८ स्थित धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किएपनि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।

प्रतिक्रिया