सार्वजनिक कार्यक्रममा संचारमन्त्री निदाएपछि…

admin

काठमाडौं : रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निदाई रहेको भिडियो टिकटकमा भाइरल भएको छ। भिडियोमा निदाइरहेका गुरुङलाई राष्ट्रियसभा सांसद कोमल ओलीले ब्युझाएको देख्न सकिन्छ। सँगैको स्टेजमा मन्त्रीहरु बसन्त नेम्वाङ र प्रेम आले पनि देखिन्छन्।

मंगलबार सभागृहमा भएको रिपोर्टर्स नेपालको कार्यक्रममा गुरुङले सरकारको प्रतिरक्षा गर्दै भाषण गरेका थिए। उनले सरकारको प्रतिरक्षा त गरे तर आफैले आफैलाई प्रतिरक्षा गर्न सकेनन् र सामाजिक सञ्जालमा भाइरल भए।

विकास अर्याल नामक टिकटकमा बनेको उक्त भिडियो खड्योथ नामको ट्वीटर ह्याण्डल गर्ने व्यक्तिले सार्वजनिक गरेका छन्। टिकटकमा २१ हजार ३ सयले हेरेका छन् भने ट्वीटरमा संचारमन्त्री पार्वत गुरुङ, क्याप्सन अफ्द इयर लगायतका कमेन्ट आएका छन्। पछिल्लो समय नेपाल सरकारका मन्त्रीहरु भाइरल हुने क्रम बढ्दो छ। केहीदिन पहिलामात्र वनमन्त्री प्रेम आले भाइरल भए।

उनले ‘जंगलले हामीलाई कार्वण्डाइअक्साइड दिन्छ र हामीले अक्सिजन दिन्छौं’ भन्ने शब्दले गर्दा अहिले पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुने वित्तिकै अक्सिजन फाल्ने मन्त्रि आए भन्ने जन आवाज सुनिन्छ।

सामाजिक सञ्जालका कारण सार्वजनिक व्यक्तित्वका सानातिना घटनाहरु भाइरल भएका हुन्। प्रेम आलले प्रविधिको उपयोग गरेर आफूलाई बदनाम गर्न उक्त भिडियो बनाइएको र भाइरल गराएको प्रतिक्रिया त दिए तर, सर्वसाधारणको मनमा एक प्रकारको धारणा भने विकसित भएको छ।

प्रतिक्रिया