काठमाडौं : म्यानमार जनताप्रति बढ्दै गएको भीषण सैनिक तथा नरसंहारकारी दमनप्रति अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले को गंभीर ध्यान आकर्षित भएको जनाएको छ ।
त्यहाँको जननिर्वाचित सरकार र संसदलाई समेत भंग गरेर त्यहाँको सैन्य सरकारले व्यापक फासीवादी दमनको नीति अपनाएको भन्दैं संगठनले अहिलेसम्म म्यानमारमा ४०० भन्दा बढी मानिसहरुको नरसंहार गरिएको छ जनाएको छ ।
संगठनले म्यानमारमा सैनिक फासीवादी दमनको कडा शब्दमा घोर विरोध र भ्रत्रसना गर्दै म्यानमारका जनताको ऐतिहासिक आन्दोलनसित ऐक्यबद्धता प्रकट गरेको छ ।
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले म्यानमारको फाषिष्ट तथा तानाशाही सैनिक शासकहरुलाई त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान समेत गरेको छ ।
विज्ञेप्तीको पूरा पाठ –
म्यानमार जनताप्रति बढ्दै गएको भीषण सैनिक तथा नरसंहारकारी दमनप्रति विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको गंभीर ध्यान आकर्षित भएको छ । त्यहाँको जननिर्वाचित सरकार र संसदलाई समेत भंग गरेर त्यहाँको सैन्य सरकारले व्यापक फासीवादी दमनको नीति अपनाएको छ ।
आजसम्म म्यानमारमा ४०० भन्दा बढी मानिसहरुको नरसंहार गरिएको छ, जसमा दुई दर्जनभन्दा बढी बालबालिकाहरु रहेको बताइएको छ । हजारौंलाई गिरफ्तार गरेर जेल हाल्नुका साथै हजारौंलाई घाइते तुल्याइएको छ ।
व्यापक सैनिक दमनका बावजुद सिमित लोकतन्त्रको रक्षा तथा त्यहाँको सैनिक दमनका विरुद्ध जनताले सशक्त रुपले आन्दोलन सञ्चालन गर्नु स्वागतयोग्य विषय बनेको छ । हाम्रो संगठनले म्यानमारमा सैनिक फासीवादी दमनको कडा शब्दमा घोर विरोध र भ्रत्रसना गर्दै म्यानमारका जनताको ऐतिहासिक आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछ । यसका साथै हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र म्यानमारको फाषिष्ट तथा तानाशाही सैनिक शासकहरुलाई त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान गर्दछ । र, त्यहाँको सैनिक शासकहरुलाई नरसंहार तुरुन्त बन्द गर्न कडा शब्दमा आह्वान गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।मिति : ३० मार्च २०२१
(हस्तबहादुर केसी)
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र
केन्द्रीय कार्यालय काठमाडौं , नेपाल