आज नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १९ चैत : सुनको मूल्य बिहीबार एकैदिन ९ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै, तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बिहीबार १२ सय १० रुपैयाँ पुगेको छ । बिहीबार ११ सय ९५ रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर हुँदै गएकाले नेपाली बजारमा पनि केही दिन मूल्यमा उतारचढाव आउने उनले बताए ।

विश्वमा कोरोनाको जोखिम फेरि बढेकाले लगानी क्षेत्र निश्चित भएको छैन । लगानी सुरक्षित गर्न धेरैले सुनमा लगानी गर्न थालेकाले सुनको माग बढ्दा भाउ बढेको उनले बताए । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔंस १७ सय १२ दशमलव ९ डलर रहेको छ ।

प्रतिक्रिया