नेपालमा इमानदार र नैतिकवनमाथि कारबाही हुन्छ, मूर्ख र भ्रष्ट पुरस्कृत हुन्छन् : नेता भट्टराई

admin

काठमाडौं, १९ चैत : नेकपा एमालेका नेता योगेश भट्टराईले अहिले नेपालमा विद्वानमाथि कारबाही हुने गरेको बताएका छन् । बिहीबार एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ॠषिमुनि र बुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्बर भूमि नेपालमा आजकाल : विद्वान, इमानदार र नैतिकवनहरूमाथि कारबाही हुन्छ । मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन् ।’ नेता भट्टराईले नेता भुसाल र पाण्डेमाथि त्यस्तै भद्दा मजाक गरिएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका हुन् । पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र नेतृत्वको विरुद्धमा गतिविधि गरेकाले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय भएको पत्र पाण्डे र भुसाललाई पठाइएको छ ।

प्रतिक्रिया