माछा मार्न बम बनाउँदा बिस्फोट, दुई जना घाइते

admin

बागलुङ : बागलुङको बडिगाडमा माछा मार्ने ब’म बनाउने क्रममा विस्फोट भएको छ । विस्फोटमा दुई जना घा’इते भएका छन् ।

बडिगाड गाउँपालिका–२ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले माछा मार्ने बम बनाउने क्रममा विस्फोट भएको जिल्ला प्र’हरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।

विस्फोटमा मित्र राना र अरुण कुमार पुन घा’इते भएका छन् । उनीहरूको टाउको र खुट्टामा गम्भीर चो’ट लागेको सूचना अधिकारी हवारीले बताउनुभयो । घा’इते दुवै जनालाई उपचारको लागि पाल्पा स्थित प्रभास अस्पताल पठाइएको छ ।

प्रतिक्रिया