करेन्ट लागेर एक युवतीको मृ’त्यु

admin

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अजयमेरु गाउँपालिका–१ महर गाउँकी २२ वर्षीया धना बोहरा रहेको जिल्ला प्र’हरी कार्यालय डडेल्धुराका प्र’हरी निरिक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

बिहीबार रुखमा चढेकी उनलाई रूखमा छोएको नांगो बिजुलीको तारले छुँदा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले भने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीका कारण घ’टना भएको बताए।

अविलम्ब उचित राहत व्यवस्था गर्न विद्युत् प्राधिकरणको ध्यानाकर्षणसमेत भट्टले गराए। तत्काल पीडित परिवारलाई पाँच हजार वडा कार्यालयमार्फत उपलब्ध गराइसकेको समेत उनले जानकारी दिए।

प्रतिक्रिया