काठमाडौं, १९ चैत :नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहिवार ट्विट गर्दै नेता माधवकुमार नेपालसँग एमालेमा बस्ने कि माओवादीमा जाने कि फेरि मुद्दा हाल्न जाने भन्ने प्रश्न गर्नुभएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको आदेशमा पुनरावलोकन नहुने भन्दै पहिलेकै फैसला सदर गरेपछी बाँस्कोटाको ट्विट आएको हो ।
बाँस्कोटाको ट्विट
भैगो ल,एकछिन कमरेड माधवकै कुरा मानिदिउँ केपी ओलीले गुट चलाएकै हुन रे।अनि प्रचण्डको छुट्टै गुट छदै थियो।आज प्रश्न यो खडा भयो कि कमरेड नेपाल ओलीको एमाले पार्टीमा बस्ने कि पुष्पकमलको महान पार्टीमा छलाङ मार्ने वा आफ्नै विधिवाला गुट बनाम्न पाऊ भन्दै मुद्दा हाल्न जाने?लौन!निर्णय पाउँ।

— Gokul Prasad Baskota (@GokulPBaskota) April 1, 2021